
१० कात्तिक, काठमाडौं । सुडानका प्रधानमन्त्री अब्दल्ला हम्डोक रिहा भएका छन् । उनलाई मङ्गलबार अबेर रिहा गरिएको उनको कार्यालयले जानकारी दिएको छ । अन्तर्राष्ट्रिय रूपमा भएको कडा दबावपछि उनलाई सैन्य कूबाट हटाइएको छ । यद्यपि सेनाले हम्डोकलाई ‘निकट निगरानीमा’ राखिएको बताइएको छ । अन्य मन्त्रीहरू र नागरिक नेताहरू गिरफ्तारमा नै रहेका उनको कार्यालयले जनाएको छ ।
सैन्य कूपछि अमेरिका र ईयूले सुडानलाई दिइरहेको सहायता निलम्बन गर्ने चेतावनी दिएको थियो । यस्तै संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेर्रेसले सुरक्षा परिषद्को आपतकालीन बैठक सुरु हुनुभन्दा अगाडि नै हम्डोकलाई ‘तुरुन्त रिहा गर्न’ माग गरेका थिए ।
लामो समयदेखि निरंकुश शासक ओमार अल–बशिरको सन् २०१९ अप्रिल मा विशाल सडक विरोधका क्रममा सेनाले अपदस्थ गरेपछि सेना र नागरिकहरू बीचको नाजुक शक्ति बाँडफाँड व्यवस्थाको परिणामस्वरूप ‘कू’ भएको बताइन्छ । गत सोमबार सुडानको सेनाले प्रधानमन्त्री अब्दल्ला हम्डकसहित दर्जनौ नेताहरूलाई गरिफ्तार गरेको थियो ।
प्रधानमन्त्री हम्डकलाई अपदस्थ नै गरेर सेनाले सत्ता नियन्त्रणमा लिएको थियो । सत्ताविद्रोह गरेको सेनाले प्रधानमन्त्रीलाई पदत्याग गर्न भनेपनि उनले अस्वीकार गरेपछि सेनाले प्रधानमन्त्री हम्डकलाई नियन्त्रणमा लिएको थियो । रासस/एएफपी