समाचार

ताप्लेजुङ बन्यो कोरोना सङ्क्रमणमुक्त जिल्ला

covid19 Death body

१० कात्तिक, फुङ्लिङ । ताप्लेजुङ कोभिड–१९ सङ्क्रमणमुक्त जिल्ला भएको छ ।

पछिल्लो पटक सङ्क्रमित भई होम आइसोलेसनमा बसेका पाथीभरा याङ्कवरक गाउँपालिकाका पाँचजनाको एन्टिजेन रिपोर्ट नेगेटिभ आएसँगै ताप्लेजुङ कोरोना सङ्क्रमणमुक्त जिल्ला भएको हो ।

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङकाअनुसार सोमबारदेखि यो जिल्ला कोभिडमुक्त बनेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काकाअनुसार पाथीभरा याङ्वरक गाउँपालिका सङ्क्रमणमुक्त भएपछि सोमबारदेखि ताप्लेजुङ नै सङ्क्रमणमुक्त जिल्ला बनेको हो ।

जिल्लाको नौ स्थानीय तहमध्ये पाथीभरा याङ्वरक गाउँपालिकाबाहेक सबै पालिका यसअघि नै सङ्क्रमणमुक्त भइसकेका थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस