१० कात्तिक, काठमाडौं । झन्डै दुई वर्षदेखि बन्द वीर अस्पतालको मिर्गौला प्रत्यारोपण सेवा पुनः सुरु भएको छ । कोभिड–१९ संक्रमणका कारण रोकिएको प्रत्यारोपण सेवा मंगलबारेदखि पुनः सञ्चालन भएको हो ।
“अहिले कोभिडका बिरामी कम हुँदै गएपछि अहिले ननकोभिड सेवालाई बढी जोड दिइरहेका छौँ । मिर्गौला प्रत्यारोपण सेवा पुनः सुरु गरिएको छ,” कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल वीरका प्रमुख कार्यकारी अधिकारी डा. भूपेन्द्र बस्नेतले भने ।
बिरामीको चापको आधारमा साता दुईजनासम्मलाई सेवा दिने अस्पतालको योजना रहेको पनि डा. बस्नेतले बताए । वीर अस्पतालले यसअघि १५७ जनाको मिर्गौला प्रत्यारोपण गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस