समाचार

पछिल्लो २४ घण्टामा थपिए ६७२ कोरोना संक्रमित, ८ जनाको मृत्यु

corona khop

१० कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६७२ जना कोभिड संक्रमित थपिएका छन् ।

९ हजार ४९५ वटा नमूनाको परीक्षण गर्दा ६७२ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ३८० पुगेको छ ।

त्यस्तै आज ४९५ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या १० हजार ३७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *