समाचार

मन्त्री झाँक्री अस्पताल भर्ना

Ramkumari Jhakri

११ कात्तिक, काठमाडौं । ज्वरो र रुघाको समस्या देखिएपछि बुधबार वीर अस्पताल भर्ना भएकी सहरी विकासमन्त्री रामकुमारी झाँक्रीमा निमोनिया देखिएको छ ।

सामान्य प्रकृतिको निमोनिया देखिएको कोभिड युनिफाइड अस्पताल वीरका प्रमुख प्रशासकीय अधिकारी डा. भूपेन्द्र बस्नेतले जानकारी दिए । मन्त्री झाँक्रीको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको डा. बस्नेतले बताए ।

वीर अस्पतालको भीआईपी उपचारकक्षमा उनको उपचार भइरहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस