११ कात्तिक, काठमाडौं । सवारी चालक अनुमतिपत्रको नयाँ आवेदन खुलाएको दुई दिनमै बन्द भएको छ । प्राविधिक समस्या देखिएको भन्दै विभागले आजदेखि पुन: आवेदन बन्द गरेको हो ।
विभागले ६ महिनापछि गत ९ गते मंगलबारदेखि लाइसेन्सको नयाँ आवेदन खुला गरेको थियो । विभागले आज एक सूचना जारी गर्दै नयाँ आवेदन प्रणालीको सिस्टम मर्मत भइरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस