समाचार

साहस उर्जा र तेह्रथुम पावरकाे शेयर नेप्सेमा सूचीकृत, आइतबारबाट दोस्रो बजारमा कारोबार हुने

new listing

११ कात्तिक, काठमाडौं । साहस उर्जा कम्पनी र तेह्रथुम पावर कम्पनीको शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ ।बिहीबार साहस उर्जाको ३ करोड ५० लाख कित्ता र तेह्रथुम पावरको ४० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेले साहस उर्जा कम्पनीको पहिलो शेयर कारोबारको लागि प्रतिकित्ता न्यूनतम १३५ रुपैयाँ ११ पैसा देखि ४०५ रुपैयाँ ३३ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । त्यस अनुसार आइतबार कम्पनीको शेयर कारोबार हुनेछ ।

यस्तै कम्पनीको शेयर कारोबारको लागि नेप्सेले एसएएचएएस कारोबार संकेत दिएको छ । तेह्रथुम पावर कम्पनीको पहिलो शेयर कारोबारको लागि नेप्सेले प्रतिकित्ता न्यूनतम ८४ रुपैयाँ ७४ पैसा देखि २५४ रुपैयाँ २२ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ ।

उक्त ओपनिङ्ग रेन्जको आधारमा रहेर आइतबार देखि कम्पनीको शेयर कारोबार हुनेछ । नेप्सले तेह्रथुम पावर कम्पनीको शेयरलाई टिपीसी कारोबार संकेत प्रदान गरेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस