१४ कात्तिक, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले केन्द्रीय कार्यालय गरी आफ्ना ६७ शाखामा स्थायी पदपूर्तिका लागि विज्ञापन खुलाएको छ ।
आइतबारको गोरखापत्र दैनिकमा खुला विज्ञापनका लागि वाणिज्य बैंकले अनलाइन दरखास्त फाराम भर्ने सम्बन्धी सुचना जारी गरेको छ । बैंकको रिक्त रहेका विभिन्न तह र पदमा लोक सेवा आयोगको सहमति अनुसार खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्नू लागिएको जनाइएको छ ।
आवश्यक न्युनतम शैक्षिक योग्यता पुगेका तथा कुनै वात कसुर नलागेका इच्छुक योग्य नेपाली नागरिकहरूलाई कात्तिक १५ गतेदेखि अनलाइन दरखास्त फाराम भर्न आह्वान वाणिज्य बैंकले गरिएको छ ।
प्रतिक्रिया दिनुहोस