समाचार

नेपाल बारको नेतृत्वमा प्रधानन्यायाधीशविरुद्ध वकिलहरूको धर्ना

Nepal Bar Association

१४ कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको नेपाल बार एसोसिएसनका पदाधिकारीहरूले आज धर्ना दिँदै छन् ।

बिहान १० देखि ११ बजेसम्म सर्वोच्च अदालत परिसरमा धर्नामा बस्न लागिएको हो । बारको अगुवाइमा वकिलहरू हातमा कालोपट्टी बाँधेर धर्नामा बस्नेछन् ।

पछिल्लो समय प्रधानन्यायाधीशको भूमिकामा प्रश्न उठेको र त्यसले न्यायालयलाई क्षति गर्ने भन्दै उनको राजीनामा माग गर्दै वकिलहरू आन्दोलित भएका हुन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस