समाचार

डडेल्धुरामा बस दुर्घटना, १० जना घाइते

road accident

१४ कात्तिक, डडेलधुरा । दार्चुलाबाट महेन्द्रनगर जाँदै गरेको बस डडेलधुराको आलिताल गाउँपालिका–१, घण्टेश्वर मन्दिरनजिक दुर्घटना हुँदा १० जना घाइते भएका छन् । आइतबार बिहान ना८ख ६१३२ नम्बरको बस  सडकबाट करिब १०० मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । बसमा ३२ यात्रु सवार रहेको बताइएको छ ।

घाइतेलाई उपचारका लागि धनगढी ल्याइँदै छ । घाइते हुनेमा बैतडीको डिलाशैनी गाउँपालिका–६ का ४५ वर्षीय किर्मा ओड, ५० वर्षीय रम्चि ओड, दोगडाकेदार गाउँपालिका–८ का ३२ वर्षीय मानसिंह कार्की, दोगडाकेदार–६ का ३० वर्षीय देवदत्त जोशी, ३५ वर्षीय प्रकाश विष्ट र केशवदत्त जोशी र पुर्चौँडी नगरपालिका–१० का ३० वर्षीय चन्द्रबहादुर विष्ट रहेका प्रहरीले जनाएको छ ।

घटनाको विस्तृत विवरणका साथै घाइते अन्य तीनजनाको विवरण आउन बाँकी रहेकोे प्रहरीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *