समाचार

माल्दिभ्सबाट आज एक लाख डोज खोप आउँदै

astrajeneca vaccine

१४ कात्तिक, काठमाडौं । माल्दिभ्स सरकारले उपहारस्वरूप उपलब्ध गराएको कोभिड–१९ विरुद्धको एक लाख एक हजार ६०० डोज खोप आज नेपाल ल्याइने भएको छ । माल्दिभ्सले नेपाललाई एष्ट्राजेनेका खोप सहयोग गरेको हो ।

खोप आज बेलुका ८ बजे कतार एयरलाइन्सको नियमित उडानमार्फत नेपाल आइपुग्ने स्वास्थ्य सेवा विभागअन्तर्गत व्यवस्थापन महाशाखाको आपूर्ति शाखाले जनाएको छ ।

सरकारले यसअघि भारतबाट खरिद गरी ल्याइएको १० लाख डोज एष्ट्राजेनेका खोप दोस्रो डोज दिन बाँकी नौ लाख नागरिकलाई दिने योजना बनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस