समाचार

महुली लघुवित्तले २६ प्रतिश्त बोनस सेयर दिने

mahuli

१४ कात्तिक, काठमाडौं । महुली लघुवित्तले लाभांश घोषण गरेको छ । कार्तिक १३ गते शनिबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को सञ्चित मुनाफबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

लघुवित्तले सेयरधनीलाई  हाल कायम चुक्ता  पुँजी  २२ करोड ३९ लाख ४४ हजारको  २६ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । गत आर्थिक वर्षमा मर्जर गरेको हुँदा लाभांशमा लाग्ने कर छुट हुने भएकोले लघुवित्तले कर प्रयोजनको लागि नगद लाभांश प्रस्ताव गरेको छैन ।

लघुवित्तको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस