१४ कात्तिक, काठमाडौं । तिहारको छेकोमा गायक सुगम पोखरेलको नयाँ गीत सार्वजनिक भएको छ ।
गीतमा पोखरेलकै स्वर, शब्द र संगीत छ । ‘रमाइलो तिहार’ बोलेको गीतको भिडियो लिरिकल बनाइएको छ । लिरिकल भिडियोमा मखमली, गोदावरी फूल तथा झिलिमिली बत्ती र रंगीविरंगी मण्डप देख्न सकिन्छ ।
गायनमा सुगमलाई उनकै छोरी एन्जेलिजाले साथ दिएकी छन् ।
प्रतिक्रिया दिनुहोस