१४ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ११९ जना कोभिड–१९ संक्रमित थपिएका छन् । काठमाडौंमा ९९, भक्तपुरमा सात र ललितपुरमा १३ संक्रमित थपिएका हुन् ।
हाल उपत्यकामा कोरोनाका सक्रिय संक्रमितको संख्या २ हजर ७६ रहेको छ ।
अहिले देशभर आठ हजार ६१५ जना होम आइसोलेसनमा, ७६१ जना संस्थागत आइसोलेसनमा, २२५ जना आईसीयू तथा ७० जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जनाएको छ ।
प्रतिक्रिया दिनुहोस