समाचार

स्ववियु निर्वाचनको कार्यतालिका तत्काल सार्वजनिक गर्न अनेरास्ववियुको माग

aneraswbiya

१४ कात्तिक, काठमाडौं । नेकपा (एमाले)को विद्यार्थी संगठन अनेरास्ववियुले स्ववियु निर्वाचनको कार्यतालिका तत्काल सार्वजनिक गर्न माग गरेको छ । अनेरास्ववियुले आज त्रिभुवन विश्वविद्यालयलाई ज्ञापनपत्र बुझाउँदै फागुन १४ गतेभित्र निर्वाचन सम्पन्न गर्ने गरी कार्यतालिका सार्वजनिक गर्न माग गरेको हो ।

“लामो समयदेखि विभिन्न बहानामा रोकिएको स्ववियु निर्वाचन १४ फागुन २०७८ मा सम्पन्न गर्ने गरी कार्यतालिका तत्काल सार्वजनिक गर्न जोडदार माग गर्दछौँ,” विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै, अनेरास्ववियुले चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्कभन्दा बढी हुने गरी चिकित्साशास्त्र अध्ययन संस्थान महराजगन्जले गरेको शुल्क वृद्धिसम्बन्धी निर्णय तत्काल फिर्ता लिन र चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको भन्दा बढी लिएको शुल्क तत्काल फिर्ता गर्न माग गरेको छ ।

त्रिभुवन विश्वविद्यालयले अध्यापन गराउने सबै प्राविधिक शिक्षा सातवटै प्रदेशमा तत्कालै अनिवार्य सञ्चालन गर्नलगायत माग अनेरास्ववियुको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस