
१६ कात्तिक, तुलसीपुर । दाङको राप्ती नदीस्थित पुलमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
सिसहनिया–महादेवा जोड्ने पुलमा गए राति रा१प ६३४५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा गढवा गाउँपालिका–२, घुस्राका २२ वर्षीय समिर चौघरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते चौधरीको उपचारका क्रममा लमही अस्पतालमा मृत्यु भएको हो ।
प्रतिक्रिया दिनुहोस