समाचार

जुवातास खेल्ने र खेलाउने ४ जना पक्राउ

arrest

१६ कात्तिक, भक्तपुर । मध्यपरातमा जुवा तास खेलिरहेका चारजनालाई भक्तपुर महानगरीय प्रहरी परिसरबाट खटिएको टोलीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

भक्तपुर नगरपालिका–७ गोल्मढी बस्ने ३८ वर्षीय राजेश खायमलीको जस्ताको टहरामा सञ्चालित किराना पसलमा जुवातास खेलाइरहेको अबस्थामा प्रहरीले गएराति उनीहरूलाई पक्राउ गर्नाका साथै रू ६९ हजार ७५० बरामद गरेको हो ।

पक्राउ पर्नेमा जुवा तास खेलाउने खायमलीसहित सोही ठाउँका ४५ वर्षीय बलराम ग्वाछा, ३६ वर्षीय प्रवीन ग्वाछा र ४९ वर्षीय रविन श्रेष्ठ रहेको प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए ।

पक्राउ परेका सबैलाई जगातीस्थित महानगरीय प्रहरी बृत्त राखेर कारबाही अघि बढाइएको उनले जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *