समाचार

तिहारमा मजाले झिलिमिली बनाउँदा हुन्छ, समस्या छैन : घिसिङ

kulman ghising

१६ कात्तिक, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले तिहारको समयमा ‘लोड’ व्यवस्थापनमा समस्या नहुने जनाएको छ । विगतमा लोडसेडिङ हुँदाताका दसैँ, तिहार र छठसम्म विद्युत्को माग उच्च हुने भए पनि अहिले यो समयमा भन्दा अरू समयमा नै विद्युत्को माग उच्च हुने गरेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

यो वर्ष भदौमा एक हजार ६२० मेगावाटसम्म विद्युत् माग भएको र तिहारमा अधिकतम एक हजार ५०० मेगावाट मात्रै माग हुने अनुमान रहेको पनि उनले बताए । अहिले दुई हजार मेगावाटभन्दा बढी जडित क्षमता रहेकोमा ‘अपरेसन’मा करिब एक हजार ६०० मेगावाट मात्र रहेको उनले जानकारी दिए । यो वर्ष अहिलेसम्म कुलेखाली चलाउनु नपरेको अवस्थामा पनि दिउँसो करिब २०० र राति करिब ५०० मेगावाट सरप्लस रहेको उनले बताए ।

“तिहारमा लोडसेडिङ अथवा बत्ती काट्नुपर्ने अवस्था आउँदैन । जति उपकरण चलाए पनि समस्या हुँदैन । तिहारमा मजाले झिलिमिली बनाउँदा हुन्छ,” मंगलबार प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक घिसिङले भने ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस