प्रदेश १

राजेन्द्र राई प्रदेश–१ को मुख्यमन्त्री नियुक्त

Rajendra Rai

१६ कात्तिक, काठमाडौं । प्रदेश नम्बर–१ को मुख्यमन्त्री पदमा नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र राई नियुक्त भएका छन् । संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले मंगलबार राईलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

सरकार गठन गर्न सोमबार प्रदेश प्रमुखले आह्वान गरेका थिए । राईलाई मुख्यमन्त्री नियुक्त गर्न विपक्षी गठबन्धनले ४९ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दाबी पेस गरिएको थियो ।

notice

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस