
१६ कात्तिक, काठमाडौं । नबिल बैंक गत आर्थिक वर्षको मुनाफा लाभांश प्रस्ताव गरेको छ । बैंकको आज मंगलबार बसेको संचालक समितिले गत आर्थिक बर्षको कमाईबाट ३८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
बैंकले प्रस्ताव गरेको लाभांशमा ३३.६ प्रतिशत बोनस सेयर र ४.४ प्रतिशत नगद लाभांश रहेको छ । बैंकले अहिले कायम चुक्तापुंजीको ३८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । अहिले बैंकको चुक्ता पुंजी १३ अर्ब ८४ करोड रहेको छ ।
बोनस सेयर बितरण पश्चात बैंकको चुक्ता पुंजी करिब १८ अर्ब पुग्नेछ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले र बैंकको आगामी बार्षिक साधारणसभाले पारित गरे पश्चात सेयरधनिहरुमा लाभांश वितरण हुनेछ ।
प्रतिक्रिया दिनुहोस