मुख्य समाचार

काठमाडौं उपत्यकामा राति ९ बजेसम्म देउसीभैलो खेल्न पाइने

deusi bhailo 1

१६ कात्तिक, काठमाडौं । काठमाडौं उपत्यकामा राति ९ बजेसम्म देउसीभैलो खेल्न पाइने भएको छ । आज बसेको उपत्यकाका तीन जिल्ला प्रमुख अधिकारीको बैठकले राति ९ बजेसम्म देउसीभैलो खेल्न दिने निर्णय गरेको हो ।

कोभिड-१९ लाई मध्येनजर गर्दै सरकारले निर्धारण गरेका स्वास्थ्य मापदण्ड पूर्ण पालना गरेर देउसी भैलो, नाचगान लगायतका कार्यहरू राति ९ बजेसम्म गर्न पाइने प्रशासनले जनाएको छ । देउसी भैलो तथा नाचगान गर्दा शान्तिपूर्ण तरिकाले गर्नुपर्ने भनिएको छ ।

सार्वजनिक यातायात र जनजीवनलाई असर पर्ने कुनै पनि गतिविधि नगर्न पनि प्रशासनले आग्रह गरेको छ ।

ktm nagar notice

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *