
१७ कात्तिक, काठमाडौं । नेपाली ब्राण्ड खुकुरी रमले आफ्नो प्याकेजिङ (प्याक) परिवर्तनको निर्णय गरेको छ । स्थापनाको ६२ वर्षपछि कम्पनीले समयको माग र ग्राहकको अपेक्षालाई ध्यानमा राख्दै आफ्नो प्याकेजिङ परिवर्तन गर्न लागेको जनाएको छ ।
नयाँ प्याकेज अहिलेको भन्दा पनि अझ आकर्षक, विश्वस्तरीय एवम् वातावरणमैत्री हुने कम्पनीले जनाएको छ । नयाँ प्याकेजिङ सहितको खुकुरी रम तिहार र छठपछि बजारमा आउने समेत कम्पनी जनाएको छ । तर, रमको प्याकेजिङ तथा बोतलको लुक्स परिवर्तन भए पनि ब्लेण्ड र स्वादमा भने कुनै फरक नहुने कम्पनीले बताएको छ ।
बीस वर्षदेखि निरन्तर उत्पादन दिइरहेको खुकुरी रमको पुरानो प्याकको अन्तिम ब्याचका उत्पादनहरु एक महिनाअघि नै बन्द गरिसकेको छ । तर, नयाँ प्याक लञ्च नहुञ्जेल बजारमा रहने पुरानो प्याक समेत बिक्री वितरण हुने कम्पनीले जनाएको छ । हाल नेपालबाहेक १३ अन्तर्राष्ट्रिय बजारमा समेत खुकुरी रम उपलब्ध हुँदै आएको छ । अब भने स्वदेशी बजारदेखि अन्तर्राष्ट्रिय बजारसम्म एकैसाथ परिवर्तन हुनेछ ।