विश्व/प्रवास

पाकिस्तान-अफगानिस्तान नाका पुनः खुल्यो

pakistan border

१७ कात्तिक, काठमाडौं । पाकिस्तान र अफगानिस्तानको सिमा नाका पूनः सञ्चालन हुन थालेको छ । झण्डै एक महिनादेखि बन्द रहेको चामन नाका मंगलवारदेखि खुल्ला भएको पाकिस्तानी सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।

नाका खुलेसँगै नाकाबाट सामानहरू ओसार पसार गर्न थालिएको छ भने मानिसहरू पनि आवत जावत गर्न थालेका छन् । उनीहरूलाई सरकारी अधिकारी तथा सुरक्षाकर्मीहरूले परीक्षण गरी प्रक्रिया पु¥याएर आउन जान दिने गरेका छन् ।

अफगानिस्तान र पाकिस्तानको प्रमुख नाकाको रूपमा रहेको चामन नाकाबाट विषेश गरेर फलफुलका ट्रकहरू धेरै आवत जावत गर्ने गरेका छन् ।अफगानिस्तानको दक्षिणी सहर कान्दहरबाट पाकिस्तानका लागि व्यापारीक कारोवार धेरै हुने गरेको छ ।

पाकिस्तानी पत्रिकाहरूका अनुसार सो नाका गत अक्टोवर ५ देखि बन्द भएको थियो । नाका बन्द हुँदा अर्थतन्त्रमा प्रत्यक्ष नकारात्मक असर परेको थियो भने व्यवसायी तथा व्यापारी र आम उपभोक्ताहरु समेत मर्कामा परेका थिए ।

नाका खुल्ला भएपछि सवै खुशी भएका छन् । “पाकिस्तान र अफगानिस्तानको सिमा नाका पूनः खुल्ला गरिएको छ, त्यहाँबाट अव सामान ओसार पसार गर्नुका साथै मानिसहरु पनि आवत जावत गर्न थालेका छन्,” पाकिस्तानी उच्च सिमा सुरक्षा अधिकारीले भने ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस