समाचार

सुन्दरीजलमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

accident

२२ कात्तिक, काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१, सुन्दरीजलमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । गोकर्णेश्वर–८ बस्ने स्वछन्द पुडासैनीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जनाइएको छ ।

हिजो साँझ करिब ६ बजे बा९०प ४५६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पिपलको रुखमा ठोक्किएको महानगरीय प्रहरी प्रभाग सुन्दरीजलले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस