२२ कात्तिक, काठमाडौं । सुनचाँदीको मूल्यमा बृद्धि आएको छ । तिहार पर्वको बिदापछिको पहिलो दिन छापावाल सुनको मूल्य तोलामा १ हजार ५ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि छापावाल सुनको मूल्य तोलाको ९२ हजार ५ सय रुपैयाँ तोकेको छ । यस्तै तेजावी सुनको मूल्य पनि बढेर ९२ हजार पुगेको छ ।
यसैगरी चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेर १२ सय ५० पुगेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस