
२२ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १५२ जना कोभिड संक्रमित थपिएका छन् । आज काठमाडौंमा ११७, भक्तपुरमा १५ र ललितपुरमा २० जना संक्रमित थपिएका हुन् ।
योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या एक हजार ५६७ पुगेको छ ।
आज देशभर सात हजार ९४ जना होम आइसोलेसनमा, ५६० जना संस्थागत आइसोलेसनमा, १८७ जना आईसीयू तथा ४३ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस