२२ कात्तिक, काठमाडौं । तिहारपछि खुलेको सेयर बजारको पहिलो दिन परिसूचक दोहोरो अंकले ओरालो लागेको छ । लक्ष्मीपूजादेखि बन्द रहेको बजार सोमबार खुलेको हो । आज १९.२० अंक घट्दै परिसूचक २८२९.६५ अंक कायम भएर बजार बन्द भएको छ ।
कारोबार भएका कम्पनीहरूमध्ये सोमबार ४२ वटाको मात्र मूल्य बढेको छ। १४२ कम्पनीको मूल्य कम भएको छ भने तीन कम्पनीको मूल्य स्थिर छ । कारोबार रकम पनि आज कम छ । लक्ष्मीपूजाको अघिल्लो दिनसम्म करिब साढे छ अर्बको कारोबार भइरहेकामा सोमबार ४ अर्ब ४२ करोड बराबरको मात्र सेयर किनबेच भएको छ ।
आज दस प्रतिशत मूल्य बढ्ने दुई कम्पनी छन्, आइसिएफसी फाइनान्स र साहज ऊर्जा । यसबाहेक तेह्रथुम पावर र मानुषी लघुवित्तको ९.९९ प्रतिशतले बढेको छ ।
प्रतिक्रिया दिनुहोस