समाचार

विभागले मनोमानी औषधिको मूल्य बढाएकोबारे छानबिन हुँदै

Health Ministry

२२ कात्तिक, काठमाडौं । औषधि व्यवस्था विभागले कानुनविपरीत ५२ ओटाभन्दा बढी औषधिको मूल्य बढाएको विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भोलिदेखि छानबिन गर्ने भएको छ । मन्त्रालयका सचिव नेतृत्वको टोलीले भोलिदेखि छानबिन कार्य थाल्ने भएको हो ।

पहिलो चरणमा कानुनविपरीत औषधिको मूल्य बढाएको हो वा होइन भन्नेबारे मौखिक सोधपुछ हुने र त्यसैका आधारमा थप प्रक्रिया अघि बढाइने स्वास्थ्यसचिव डा. रोशन पोख्रेलले बताए ।

विभागका महानिर्देशक नारायण ढकाल र वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीमाथि नियमविपरीत असोजको पहिलो साता ७ ओटा विदेशी कम्पनीका ५२ ब्रान्डको औषधिको मूल्य बढाएको आरोप लागेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस