२२ कात्तिक, काठमाडौं । सैनिक श्रीमती संघको ३८औँ वार्षिक उत्सव आज सम्पन्न भएको छ ।
प्रधान सेनापति प्रभुराम शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त समारोहमा प्रधान सेनापति र संघकी अध्यक्ष सुनिता शर्माले सैनिक श्रीमती संघको वार्षिक मुखपत्र ‘सेवा सुमन’ को विमोचन समेत गरेका छन् ।
उक्त कार्यक्रममा नेपाली सेनाका रथीवृन्द तथा अधिकृतलगायत सैनिक श्रीमती संघका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस