समाचार

बुटवलमा २७० मुद्दाको मेलमिलापबाटै निरुपण

butwal upamahangar

२२ कात्तिक, बुटवल । बुटवल उपमहानगरपालिकाले हालसम्म २७० वटा मुद्दाको मेलमिलापबाटै निरुपण गरेको छ ।

सम्बन्ध विच्छेद, घरेलु हिंसा, घर बहाल सम्झौता, आफ्नो निजी जग्गामा अरुले संरचना बनाएको तथा सिमाना विवादका २७० मुद्दाहरु न्यायिक समितिले मेलमिलापबाट निरुपण गरेको बुटवल नगरपालिकाले जनाएको छ ।

तीन सय अन्य मुद्दाहरु भने अदालत पठाइएको छ । समितिका कामलाई प्रभावकारी बनाएपछि दर्ता भएका अधिकांश उजुरी तथा निवेदन मेलमिलापबाट टुंगो लगाइएको मेयर शिवराज सुवेदीले बताए ।

पीडितका निवेदनका आधारमा आरोपितलाई समेत उपस्थित बनाएर विभिन्न चरणमा मेलमिलाप केन्द्रमा छलफल गराइएपछि त्यस्ता गुनासाहरूको समाधान सहज भएको न्यायिक समितिका संयोजक तथा उपप्रमुख गोमादेवी आचार्यको बताइन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस