कर्पोरेट

डिशहोमको ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’ योजनामा दुई जनाले पाए स्पेन घुम्ने अवसर

Dish

२२ कात्तिक, काठमाडौं । डिशहोमले यस वर्षको पर्वमा ल्याएको “ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन” योजनाअन्तर्गत पहिलो दुई भाग्यशाली विजेताको घोषणा गरेको छ । २०७८ असोज ११ गतेदेखि डिशहोम, डिशहोम फाइबरनेट कम्बो प्याकेज, प्रभु टीभी, सिम टीभी को नयाँ कनेक्सन लिएका र लालिगाको सिजन टिकट खरिद गरेकाहरू यस योजनामा सहभागी थिए ।

लक्की ड्र मार्फतप्रभु टीभी जडान गर्ने काठमाडौंका धुर्व कार्की र डिशहोम जडान गर्ने सिन्धुलीकी अनिशा राई छानिएको कम्पनीले जनाएको छ । यस लक्की ड्रको प्रत्यक्ष प्रसारण सरोकार टीभी, रियालिटी टीभी, नेपा च्यानल लगायतका च्यानल र डिशहोमको फेसबुक पेजमा गरिएको कम्पनीले जनाएको छ । विजेताहरूले स्पेन जाने आउने दुईतर्फी हवाई टिकट, ४ रातको होटल व्यवस्था र ला–लिगाको एउटा खेलको स्टेडियममै प्रत्यक्ष खेल हेर्ने अवसर पाउनेछन् ।

यो “ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन” योजना अझै पनि डिशहोम, प्रभु टीभी, सिम टीभी, डिशहोम फाइबरनेट कम्बो प्याकेज जडानमा र ला लिगाकोसिजन टिकट खरिदमा उपलब्ध रहेको जनाइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *