स्वास्थ्य

चिसोमा बढ्छ युरिक एसिड, कसरी छुटकारा पाउने ?

uric acid

२३ कात्तिक, काठमाडौं । पछिल्लो समय युरिक एसिडको समस्या धेरैलाई देखिन थालेको छ । हरेक ५ व्यक्तिमा २ जनालाई युरिक एसिडको समस्या हुन्छ । यो समस्या चिसोमा झन् धेरै बढ्छ । त्यसैले चिसो मौसममा युरिक एसिडको समस्या हुनेहरुले विशेष ध्यान दिन आवश्यक छ ।

शरीरमा केही तन्तुहरुले खाद्य पदार्थलाई प्युरिन नामक प्रोटिनमा परिवर्तन गर्छ । प्युरिन प्रोटिन टुक्रिँदा एसिड बन्छ । यो मिर्गौलामार्फत छानिएर बाहिर निस्किन्छ । एसिड मिर्गौलामार्फत छानिएर बाहिर गएन भने रगतमा मिसिन्छ । र विस्तारै–विस्तारै क्रिस्टलका रुपमा हड्डिहरुको बीचमा जम्मा हुन्छ । जसलाई युरिक एसिड भनिन्छ ।

युरिक एसिड बढ्ने कारणहरु :
–अत्यधिक मदिरा सेवन गर्नु
–थाइराइड
–मोटोपना
–पानी नपिउनु
–मिर्गौलाले फिल्टर गर्न नसक्नु
–भिटामिन बी–३ को कमि

युरिक एसिडबाट छुटकारा पाउन के गर्ने ? 

भिटामिन सी
युरिक एसिड नियन्त्रणका लागि हरेक दिन भिटामिन सीको सेवन गर्न आवश्यक छ । सधैं बिहान मनतातो पानीमा कागतीको रस मिसाएर पिउँदा युरिक एसिड नियन्त्रण हुन्छ ।

ज्वानो
युरिक एसिड कम गर्नका लागि ज्वानोको सेवन सबैभन्दा उत्तम मानिन्छ । हरेक बिहान खाली पेटमा ज्वानोको पानी पिउँदा यसबाट आराम मिल्छ । ज्वानोमा पाइने पोषक तत्व, एन्टिअक्सिडेन्ट, ओमेगा–३, फ्याटी एसिड जस्ता औषधिय गुणहरुले युरिक एसिड नियन्त्रण गर्छ ।

अलसी
अलसीलाई रातभर पानीमा भिजाएर राख्ने र बिहान खाली पेटमा चपाएर खाने गर्नुस् । यसबाट युरिक एसिड नियन्त्रण हुन्छ ।

एप्पल साइडर भिनेगर 
खाली पेटमा एक गिलास पानीमा एक चम्चा एप्पल साइडर भिनेगर मिसाएर खाँदा युरिक एसिड नियन्त्रण हुन्छ । यसमा भिटामिनहरु, एन्जाइम र प्रोटिन जस्ता पोषक तत्वहरु पाइन्छन् ।

जैतुनको तेल 
जैतुनको तेलमा भिटामिन ई, अन्य पोषक तत्व, एन्टिअक्सिडेन्ट, औषधिय गुणहरु आदि हुन्छन् । यसले युरिक एसिड नियन्त्रण गर्छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस