२३ कात्तिक, काठमाडौं । हाल डिम्याट खाता खोल्नेहरु ह्वात्तै बढेका छन् । सिडिएस एण्ड क्लियरिङका अनुसार यस्तो खाता खोल्नेको संख्या ४६ लाख नाघेको छ । यद्यपि कतिपयले दुई खाता खोलेका हुन्छन् । यस्तो खाता दुईभन्दा बढी खोल्न भने पाइने छैन । दुईभन्दा बढी खाता खोलेमा रद्द हुने प्रावधान छ ।
चैत मसान्तसम्म डिम्याट खाता खोल्नेको संख्या ३२ लाख ७२ थियो । ७ महिनामै डिम्याट खाता खोल्नेको संख्या थप १४ लाखले वृद्धि हुनुले सेयर बजारमा नयाँ लगानीकर्ताको संख्या बढेको पुष्टि गर्छ । शेयर बजारको सम्पूर्ण तथ्यांक राख्ने कार्यालय सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार सोमबारसम्म डिम्याट खाताको संख्या ४६ लाख १८ हजार ६ सय २० पुगेको छ ।
सिडिएससीका अनुसार मेरो शेयर प्रयोगकर्ताको संख्या पनि ३७ लाख ३४ हजार ३ सय १९ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस