समाचार

ट्रकको ठक्करबाट एक युवकको मृत्यु

bike accident

२३ कात्तिक, हेटौँडा । हेटौँडाबाट मकवानपुरको मनहरितर्फ जाँदै गरेको मोटरसाइकलाई ट्रकले ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ ।

बागमती प्रदेश३००४प ७१९१ नम्बरको मोटरसाइकललाई ना७ख ८८१ नम्बरको ट्रकले आज बिहान साढे ६ बजे नवलपुरको मोडमा ठक्कर दिँएको थियो । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–१२ का ३२ वर्षीय सुशान्त पुडासैनी रहेका छन् ।

ट्रकका चालक लमजुङ निवासी पूर्णबहादुर भुजेललाई नियन्त्रणमा लिई कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस