
२३ कात्तिक, काठमाडौं । भारतीय मूलका नेपालीभाषी उपन्यासकार लीलबहादुर क्षेत्रीलाई भारतको चर्चित पुरस्कारबाट सम्मानित गरिएको छ । नेपाली चर्चित उपन्यास ‘बसाइँ’का सर्जक क्षेत्रीलाई पद्मश्री पुरस्कारबाट सम्मानित गरिएको हो ।
सोमबार भारतका राष्ट्रपति रामनाथ कोविन्दबाट उक्त सम्मान प्रदान गरिएको हो । क्षेत्रीलाई साहित्य र शिक्षा क्षेत्रमा पुर्याएको योगदानका लागि उक्त विशिष्ट पुरस्कारबाट सम्मानित गरिएको जनाइएको छ ।
साहित्यसँगै चलचित्रलगायत क्षेत्रमा समर्पित व्यक्तित्वहरूलाई पनि उक्त सम्मानबाट सम्मानित गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस