समाचार

सनराइज बैंकले ७ प्रतिशत लाभांश दिने

bonus

२३ कात्तिक, काठमाडौं । सनराइज बैंकले लाभांश घोषणा गरेको छ । सोमबार बसेको  बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

बैंकले सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको ६.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.३५ प्रतिशत नगद लाभांश गरी कुल ७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयधनीमा वितरण हुनेछ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस