
२३ कात्तिक, काठमाडौं । भारतीय चर्चित गायक कुमार सानु नेपाल आउने भएका छन् । उनी सांगीतिक कार्यक्रमका लागि नेपाल आउन लागेका हुन् । जनकपुरधाममा हुन लागेको ‘कुमार सानु लाइभ इन कन्सर्ट’ मा सहभागी हुन कुमार नेपाल आउन लागेका हुन् ।
उक्त कन्सर्ट यही नोभेम्बर १३ (कात्तिक २७) मा जनकपुरको होटेल राजदरबार र नवरङ रिसोर्टमा आयोजना हुँदै छ । भारतबाट कुमार सानुका साथै नेपालबाट गायक सुगम पोखरेल, गायिका पूजा ठाकुर, गायक रोशन पराजुलीले पनि प्रस्तुति दिनेछन् ।
कन्सर्टमा सहभागी हुन प्रतिटिकट मूल्य प्लेटिममको चार हजार ५०० र गोल्डको तीन हजार रुपैयाँ तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस