
२३ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५३३ जना कोभिड संक्रमित थपिएका छन् ।
१६ हजार ७३६ ओटा नमुनाको परीक्षण गर्दा ५३३ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ४५४ पुगेकोे छ ।
त्यस्तै, आज ४८४ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ७ हजार ६१२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस