२३ कात्तिक, ताप्लेजुङ । प्रदेश नं १ मुख्यमन्त्री राजेन्द्रकुमार राईले भोजपुर र सङ्खुवासभा जोड्ने अरुण नदीमा पक्की पुल निर्माण गरिने बताएका छन् ।
सङ्खुवासभाको तुम्लिङटारका आज पत्रकारसँग कुराकानी गर्दै उनले भोजपुर जिल्लाको षडानन्द नगरपालिका र सङ्खुवासभाको खाँदबारी नगरपालिका जोड्ने अरुण नदीको लम्सुवाघाटमा पक्की पुल निर्माण गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका हुन् ।
उनले आफ्नै कार्यकालमा पक्की पुल बनाउने विश्वास दिलाए । अरुण नदीमा पक्की पुल नहुँदा भोजपुरवासीले निकै सास्ती भइरहेको उल्लेख गर्दै मुख्यमन्त्री राईले सङ्घीय सरकारले १० वर्षअघि शिलान्यास गरेको लम्सुवाघाटको पक्की पुल अहिलेसम्म बन्न नसक्नु दुःखद भएको बताए ।
उनले अघिल्लो सरकारले थालेका राम्रो कामलाई पूरा गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस