मुख्य समाचार

छठमा पूर्वयुवराज्ञी हिमानीको उपस्थितिमा जनकपुरदेखि विरगञ्जसम्म हेलिकप्टरबाट पुष्पवृष्टि गरिने

chhath

२३ कात्तिक, काठमाडौं । पूर्व युवराज्ञी हिमानी शाहको प्रमुख आतिथ्यतामा छठ पूजाको अवसरमा बुधबार जनकपुरदेखि वीरगञ्जसम्मका विभिन्न स्थानमा हेलिकप्टरबाट पुष्पवृष्टि गरिने भएको छ ।

आज पत्रकार सम्मेलन गर्दै ‘२०४७ सालको संविधान पुनःस्थापना हाम्रो अभियान’, ‘नेपाल नागरिक अभियान’, ‘विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय तथा श्रीराम हनुमान आराधना मण्डल नेपाल’सहित चारवटा संस्थाहरु आवद्ध भएको संयुक्त केन्द्रीय समितिले पुष्पवृष्टिबारे जानकारी दिएको हो । समितिले विशेषगरी धनुषा (जनकपुर), पर्सा र बारामा पुष्पवृष्टि गर्ने जानकारी दियो ।

धनुषा (जनकपुर)मा गंगासागर पोखरी, दशरथ सागर पोखरी तथा जानकी मन्दिर तथा आसपासका पोखरीहरुमा, पर्सा (वीरगञ्ज)को घडिहर्वा माईपोखरी तथा आसपासका पोखरीहरुमा दिउँसो ४.३० बजे र बाराको बहुअरी पोखरी–५ मा पृष्पवृष्टिको कार्यक्रम रहेको जानकारी दिएको हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *