समाचार

प्रधानसेनापति शर्मा र भारतीय सेनाध्यक्ष नरवणेबीच भेटवार्ता

sharma and narwade

२३ कात्तिक, काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्मा र भारतीय सेनाध्यक्ष मनोज मुकन्द नरवणेबीच भेटवार्ता भएको छ । उनीहरूबीच भएको भेटवार्तामा आपसी हित र पारस्परिक सम्बन्धका विषयमा विचारविमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

उक्त छलफलपश्चात प्रधान सेनापति महारथी शर्मामा भारतीय सुरक्षा अवधारणाबारे प्रस्तुतीकरणसमेत गरिएको जानकारी दिइएको छ । उनले यसअघि राष्ट्रिय समर स्मारकमा वीर शहीदको सम्मानमा पुष्प गुच्छा अर्पण गरे ।

प्रधानसेनापति शर्माको सम्मानमा साउथ ब्लक लाउन्जमा भारतीय सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *