समाचार

भाउन्नेको जंगलमा सवारी दुर्घटनामा एकजनाको मृत्यु

Death Body

२४ कात्तिक, मोरङ । मोरङको बेलबारी नगरपालिका–८, भाउन्नेको जंगलमा सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।

अन्दाजी ४५ वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको हो । मृतकको सनाखत हुन बाँकी छ । पूर्व–पश्चिम राजमार्गमा मंगलबार राति करिब ९ बजे नम्बर नखुलेको सवारीसाधनले उनलाई ठक्कर दिएको बुझिएको छ ।

शवलाई पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । दुर्घटनापश्चात् सवारीसाधनसहित फरार रहेका चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस