समाचार

मकवानपुरबाट १२२ किलो गाँजासहित एक पक्राउ

pakrau

२४ कात्तिक, मकवानपुर । मकवानपुरबाट १२२ किलो गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका-२ का ४२ वर्षीय नरबहादुर मोक्तान रहेका छन् । मनहरी गाउँपालिका-९ जयसिंहस्थित पूर्व-पश्चिम राजमार्गमा गाँजाको सुरक्षा गरेर बसिरहेका मोक्तानलाई बुधबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

‘शंकास्पद रूपमा सामानको सुरक्षा गरेर बसिरहेका मोक्तानलाई सोधपुछ गर्दा गाँजा फेला परेपछि पक्राउ गरिएको हो,’ मकवानपुरका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले भने । उक्त गाँजा कसले कहाँ लैजान खोजेको थियो भन्नेबारे अनुसन्धान भइरहेको राठौरले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *