समाचार

पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकल पल्टिँदा दुईजनाको मृत्यु, एक घाइते

accident

२५ कात्तिक, काठमाडौं । सप्तरीको बलानबिहुल गाउँपालिका–६, सेहरामा पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकल पल्टिँदा दुईजनाको मृत्यु भएको छ । एकजना गम्भीर घाइते छन् ।

पैदलयात्री स्थानीय ४० वर्षीय दिलीपकुमार राम र मोटरसाइकल चालक २२ वर्षीय रन्जितकुमार मण्डलको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा पछाडि सवार २३ वर्षीय त्रिभुवन पासवानको सप्तऋषि अस्पतालमा उपचार भइरहेको छ ।

गए राति करिब सवा १२ बजे स७प १२१७ नम्बरको मोटरसाइकल पैदल हिँडिरहेका दिलीपलाई ठक्कर दिएर पल्टिएको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस