समाचार

ग्वार्कोमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

death body

२५ कात्तिक, काठमाडौं । ललितपुरको ग्वार्को चोकमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।

काभ्रेपलाञ्चोकका २१ वर्षीय स्वप्निल लामाको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका लामालाई उपचारका लागि ग्वार्कोस्थित बी एन्ड बी अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।

आज बिहान करिब पौने ६ बजे ना६ख १९३३ नम्बरको ट्रकले लामा सवार बा६७प ४६८३ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । ट्रक चालकलाई महानगरीय प्रहरी वृत्त सातदोबाटोले नियन्त्रणमा लिएको जनाइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *