धर्म-संस्कृति / रितिथिति

उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि सम्पन्न भयो छठ पर्व

chhath

२५ कात्तिक, काठमाडौं । उदाउँदो सूर्यलाई अर्घ्य दिएर आज बिहानबाट छठ पर्व सम्पन्न भएको छ । उदाउँदो सूर्यलाई गाईको दूधको अर्घ्य दिएपछि पर्व सम्पन्न भएको हो ।

छठपूजामा सूर्य भगवान र छठी मातालाई पूजापाठ र अर्घ्य दिनका लागि गहुँ वा चामलको पिठोबाट ठेकुवा, अदुवा र बेसारको हरियो बेर्ना, ज्यामिर, नरिवल, सुन्तला, केरा, स्याउ, पानीसिंगडा, सुथनी, उखु लगायतका फलफूल पनि चढाइएको छ ।

छठ पर्वको व्रत बसे दुःख र दरिद्रताबाट मुक्ति पाइने र सन्तान सुख प्राप्त हुने  धार्मिक विश्वास छ । विशेष नियम र निष्ठासाथ मनाइने छठ पर्वका लागि नदी, पोखरी तथा जलाशयहरु सिंगारिएको थियो ।

कात्तिक शुक्ल षष्ठी र सप्तमीका दिन सूर्यलाई विशेष विधिपूर्वक अर्घ्य दिएर छठ पर्व मनाइन्छ । केही वर्ष पहिलासम्म मधेसमा मात्र मनाइने छठ पर्व पछिल्लो समयमा काठमाडौंलगायत काठमाडौंसहित पहाडी जिल्लामा समेत मनाउन थालिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस