
२५ कात्तिक, काठमाडौं । नेपाली कथानक चलचित्र ‘म यस्तो गीत गाउँछु–२’ ले रिलिज डेट लिएको छ ।
माघ १९ गतेलाई चलचित्रले रिलिज डेट लिएको हो । सुदर्शन थापाले निर्देशन गरेको चलचित्रमा पल शाह र पूजा शर्मा मूख्य भूमिकामा छन् । लभ स्टोरी चलचित्र ‘म यस्तो गीत गाउँछु–२’ लकडाउन अगाडि नै निर्माण सम्पन्न भएको चलचित्र हो ।
कोरोनाको त्रासका कारण सिनेमा हल बन्द हुँदा चलचित्र रिलिज हुन पाएको थिएन ।
प्रतिक्रिया दिनुहोस