२५ कात्तिक, काठमाडौं । नेपालमा कोभिड–१९ विरुद्धको थप चार लाख ९२ हजार डोज खोप आएको छ । कोभ्याक्स सुविधाअन्तर्गत र स्वीट्जरल्यान्ड सरकारले उक्त खोप उपलब्ध गराएको हो ।
स्वीट्जरल्यान्ड सरकारले मुलुकको तर्फबाट एक लाख ४४ हजार डोज र कोभ्याक्स सुविधामार्फत तीन लाख ४८ हजार डोज खोप उपलब्ध गराएको हो । बुधबार राति नेपाल आइपुगेको खोप अहिलेलाई टेकुस्थित भन्डार केन्द्रमा राखिएको छ ।
हालसम्म कोभिसिल्ड, एस्ट्राजेनेका, भेरोसेल र जोन्सन एन्ड जोन्सन गरेर दुई करोड २० लाख ८० हजार ९३० डोज कोरोनाविरुद्धको खोप नेपाल आएको छ ।
प्रतिक्रिया दिनुहोस