
२५ कात्तिक, काठमाडौं । गोरखामा १५ किलो चरेससहित चारजना पक्राउ परेका छन् । गए राति अजिरकोट गाउँपालिका–५, चनौटेबाट १५ किलो अवैध लागुऔषध चरेससहित उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा धार्चे गाउँपालिका–४, लाप्राक बस्ने ४३ वर्षीया कोपिला गुरुङ, गोरखा नगरपालिका–१०, छेपेटार बस्ने ३७ वर्षीय लालबहादुर तामाङ, सोही ठाउँ बस्ने ३३ वर्षीया छेमेन तामाङ र सोही ठाउँ बस्ने ३० वर्षीय प्रविण श्रेष्ठ रहेका छन् ।
बारपाकबाट गोरखा बजारतर्फ आउँदै गरेको बा२०च ९३३२ नम्बरको जिपलाई इलाका प्रहरी कार्यालय जौबारीबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा बोरामा राखी ल्याउँदै गरेको उक्त चरेससहित फेला पारी जिप चालक प्रविण समेत चारजनालाई पक्राउ गरेको जनाइएको छ।
प्रतिक्रिया दिनुहोस