२५ कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाको राजीनामा माग गर्दै धर्ना दिन सर्वोच्च परिसर छिर्ने क्रममा आन्दोलनरत वकिललाई प्रहरीले रोक्न खोजेपछि झडप भएको छ ।
झडपमा प्रहरीको लठ्ठीचार्जबाट बार महासचिव लिलामणि पौडेल घाइते भएका छन् । उनको नाकमा चोट लागेको अधिवक्ता टिकाराम भट्टराईले बताए । अहिले सर्वोच्च परिसरमा वकिलहरूले प्रधानन्यायाधीशको राजीनामा माग्दै नाराबाजी गरिरहेका छन् ।
‘भ्रष्ट प्रधानन्यायाधीश राजीनामा दे’, चोलेन्द्रका मतियार होसियार, लगायतका नारा लगाउँदै निरन्तर आधा घण्टादेखि वकिलको प्रदर्शन चलिरहेको छ ।
प्रतिक्रिया दिनुहोस